arrow

ओली र प्रचण्डबीच के-के भए कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
oli-prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

 अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दाहाल र ओलीबीच करिब डेढ घण्टासम्म छलफल भएको थियो । 

सो भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । 

कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ