arrow

प्रचण्डलाई चलाउन संयन्त्रको संयोजक बनेसँगै बिहानै पुगे बालुवाटारमा ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
oli-prachanda.jpg

काठमाडौं ।   सत्ता सहयात्री दलका दुई शीर्ष नेताहरूबीच बालवाटारमा भेटवार्ता भएको छ ।  

सरकार सञ्चालनका गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक भएसँगै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । 

सरकार सञ्चालन, प्रदेश सरकार गठनका तयारी लगायतका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । 

साथै  मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ  । 

बिहीबार बेलुकी सम्पन्न गठबन्धन दलहरूको बैठकले ओलीको संयोजकत्वमा यो संयन्त्र गठन भएको हो । 

सो संयन्त्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ