arrow

मधेसका ज्येष्ठ सांसद न्यौपानेलाई शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
madhes-jestha-govinda-bahadur-neupane.jpg

महेन्द्रनगर । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई आज शपथ गराएका हुन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन् । 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

ज्येष्ठ सदस्य न्यौपानेले भोलि बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । 

शपथग्रहणपछि ज्येष्ठ सदस्य न्यौपानेले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ