arrow

महानगरले थापाथलीका सुकुम्बासी बस्ती हटाउन माग्यो गृह मन्त्रालयको सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
agitation-sukumbasi-thapathali.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीसिथत बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ । 

काठमाडौं महानगरपालिकाले बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृह मन्त्रालयलाई पठाएको पत्रमा ‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ’, उल्लेख छ । 

यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ