arrow

सत्ताको भागबण्डा मिलाउन शुरु भयो बालुवाटारमा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
7-parties-oli-prachanda-ravi.jpg

काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

केही समयअघि शुरुभएको सत्ता गठबन्धनको बैठकमा सत्ता बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

 साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुनेछ। 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताको सहभागिता रहेको छ । 

गत आइतबार प्रचण्ड एमालेलगायत सात दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ