arrow

प्रचण्ड सरेपछि पहिलो बैठक बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
Balkot-Meeting-new-coalation.jpg
फाइल तस्बिर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक सत्ता साझेदार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । 

सत्ता गठबन्धनको बैठकमा सत्ता बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ । साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुनेछ। 

 बैठकमा सात दलका शीर्ष नेताहरुको उपस्थिति रहनेछ । गत आइतबार प्रचण्ड एमालेलगायत सात दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । 

प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ मात्र बालुवाटार सरेका हुन्। ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी बुधबार साँझ सरकारी निवास सरेपछि यो उनको पहिलो बैठक हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ