arrow

दुई दिनपछि पत्याएन नेप्सेले प्रचण्ड र विष्णु पौडेललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
prachanda-bishnu-narayankaji-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । लगातार दुई दिन उकालो लागेको शेयर बजार बुधबार घटेको छ । सोमबार र मंगलबार शेयर बजार उकालो लाग्दा नयाँ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई स्वागत गरेकोजस्तो लागेको थियो । 

निरन्तर ओरालो लागेको शेयर दुई दिन बढिरहँदा कम्युनिष्ट सरकारले फलिफाप हुने अपेक्षा गरिएको थियो । तर तेस्रो दिन भने पुरानै गतिमा गएको छ । बिहानैदेखि उक्लिएको शेयर बजार बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले शेयर बजार घटेको हो ।

मंगलबार भने शेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।

यस्तै, नविल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो । 

कुल ६० कम्पनीको सेयर मूल्य उकलो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ । पाँच कम्पनीको मूल्य स्थिर छ । आज १३ उपसुचकमध्ये ५ कम्पनीको मूल्य उकालो लागेका छ । सबै बाँकी सबै सुचकहरूको मूल्य घटेको नेप्सेले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ