arrow

निराजन तिवारीको नेतृत्वमा पर्यटन व्यवसायी संघ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
nepal-paryatan-bikash-byabasayee-sangh.jpg

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघको चौथो साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न सभाले संघको अध्यक्षमा निराजन तिवारीलाई निर्वाचित गरेको छ ।

संघको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती, कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना तथा सदस्यहरुमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा लागि परेका विभिन्न संस्थाको नाम फरक भए पनि उद्देश्य भने एकै रहेकाले सहकार्यमा जोड दिए ।

आगामी दिनहरुमा पर्यटन प्रवद्र्धनलगायतका कार्यहरुमा नेपाल पर्यटन विकास व्यवसायी संघसँग सहकार्य रहिरहने उनले बताए ।

श्रेष्ठले पर्यटन क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण लगानी रहेकाले यसलाई जोगाउन सरकारले महत्वपूर्ण भूमीका खेल्नुपर्नेमा समेत जोड दिए । “सरकारले पर्यटनमा पनि एग्रो टुरिजम लगायतमा जोड दिनुपर्छ,” उनले भने, “पर्यटनलाई विभिन्न विधामा जोड्न सके यसबाट दिगो विकास सम्भव छ ।”

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका इतिहास संस्कृति तथा पुरातत्व विभागका प्रमुख डा सोमप्रसाद खतिवडाले पर्यटन व्यवसायी संघसँग मिलेर आफूले नेपालको कला तथा संस्कृति क्षेत्रमा खोजमुलक काम गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ