arrow

प्रचण्ड भोलि मात्रै बालुवाटार सर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले बताए । 

प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेकोसमेत उनले बताए । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्नसमेत निर्देशन दिएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बुढानीलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ