arrow

खुमलटारबाट धाउँदै गरेका प्रचण्ड बालुवाटार छिर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
prachanda-shanti.jpg

काठमाडौं । प्रधानमन्त्री बनेपछि पनि खुमलटारबाट धाउँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्ततः बालुवाटारमा बस्न पाउने भएका छन् । 

प्रचण्ड आज सरकारी निवास बालुवाटार सर्ने तयारीमा छन् ।  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार बाहिर सर्ने ठाउँ नपाएपछि प्रचण्डले बालुवाटारमा प्रवेश पाएका थिएनन् ।  

यसअघि प्रचण्डको शपथ अघि नै बालुवाटार छोड्ने तयारी गरेका देउवा सर्नका लागि घर नपाउँदा बालुवाटारमै बसेका थिए ।

 प्रचण्ड अहिले खुमलटारस्थित निजी निवासमा बस्दै आएका छन् । प्रधानमन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरू पनि निजी निवासमै पुग्ने गरेका थिए । 

बुढानीलकण्ठस्थित निजी निवासमा मर्मतको काम जारी रहेकाले देउवालाई सर्न घर चाहिएपछि प्रचण्डको बालुवाटार प्रवेशमा ढिलाइ भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ