arrow

कम्युनिष्ट प्रधानमन्त्री भएसँगै चीनले खोल्यो रसुवागढी नाका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
rasuwagadhi-Naka.jpg.jpeg
तस्बिर – फाइल ।

रसुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै अर्को दिन चीनले रसुवागढी नाका खोलेको छ । कम्युनिष्ट सरकार बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङका दूतहरु चुनावदेखि नै सल्बलाइरहेका थिए । जब प्रचण्ड प्रधानमन्त्री भए तब चीनले झन्डै ३५ महिनापछि रसुवागढी नाका खोलेको हो । 

नाका खुलेसँगै आज नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीको बहाना बनाउँदै चीनले नाका बन्द गरेको जनाएको थियो । जबकि चीनमा ‘शून्य कोभिड नीति अपनाएको चीनले कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिन दश लाख भन्दा बढी संक्रमित भएका दिनै नाका खोलेको हो । 

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको भन्सार कार्यालयले जनाएको छ । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत २०७६ माघ १५ देखि नै ठप्प थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ