arrow

टेवानको अध्यक्षमा कमला गिरी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
kamala giri.jpg

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अध्यक्षमा कमला गिरी निर्वाचित भएकी छन् । संस्थाको पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले गिरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । 

संस्थाको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहेका छन् । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमिल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानून तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।

निर्वाचन समितिका संयोजक एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री लगायतले निर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए । 

यसअघि कार्यक्रम शुभारम्भ गर्दै महिला शीप विकास संस्थाका प्रवन्धक रामकली खड्काले पछिल्ला समयमा महिलाहरू उद्यमशिलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताइन् । उनले सशक्तिकरणका लागि प्रत्येक महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पोखरा नेपालको पर्यटनको राजधानी मात्र नभै दक्षिण एशियाको नै उत्कृष्ट गन्तव्य रहेको बताए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको बताउँदै उनले यसले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले परिषद्ले हरेक पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । 

टेवानका अध्यक्ष रेनु थापा मगरले पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास टेवानको प्राथमिकतामा रहेको बताइन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, टेवानका संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष कमला गिरी, सचिव प्रभा सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पोखराको पर्यटन प्रवर्द्धन र विकास र सम्भावनाबारे चर्चा गरेका थिए ।

पत्रकार पौडेल र परियार सम्मानित

कार्यक्रममा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र कान्तिपुर राष्ट्रिय दैनिकका कास्की समाचारदाता दीपक परियारलाई सम्मान गरिएको छ ।

पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएवापत उनीहरूलाई सम्मान गरिएको हो ।

पर्यटन व्यवसायी महिला संघ(टेवान) का अध्यक्ष रेनु थापा मगर, महिला सिप विकास संस्थाका प्रवन्धक रामकली खड्का लगायतले पौडेल र परियारलाई सम्मान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ