arrow

स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
shailendra-sakar-nawaraj-parajuli.jpg
दायाँ साकार र बायाँ पराजुली ।

काठमाडौं । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ । यसैगरी २०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । 

चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ । साहित्यकारद्वय चेतनाथ कणेल ‘हरित’ र श्रीमती सीता कँडेलले आफ्नो छोराको स्मृतिमा स्थापना गरेको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छु, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको समाजका महासचिव देविका तिमिल्सिनाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ