arrow

प्रदेश १ मा आज शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
pradesh-province-1.jpg

धरान ।  प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज दिउँसो १:३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
    
शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२:३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनेछन् ।

त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
    
प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिनुहुने जनाइएको छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम/लिम्बू)मा शपथ लिने सचिव पराजुलीले जानकारी दिए ।
    
सांसदले सकेसम्म राष्ट्रिय पोसाक नभए सांस्कृतिक झल्किने पोसाकमा आउन सूचना जारी भएको र प्रदेशसभामा प्रत्येक सांसदलाई एक थान लोगो, एक थान ब्याग र केही पुस्तक उपलब्ध गराउने तयारी भएको बताइएको छ ।
    
प्रदेशमा सबैभन्दा ज्येष्ठ सांसद गनगाईंको जन्म २००० साल छ महिना २० गते भएको छ भने सबैभन्दा कान्छो सांसद बन्दना झाँगरको जन्म २०४३ साल तीन महिना १५ गते भएको हो । 

नवनिर्वाचित सांसदका निम्ति प्रदेशसभा हल एवं सचिवालय रङरोगन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ