arrow

मोदीले दिए प्रचण्डलाई बधाई, भने-  म तपाईँसँग मिलेर काम गर्न तत्पर छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
prachanda-modi.jpg

काठमाडौं ।  नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू मिलेर काम गर्न तत्पर रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश दिएका छन् । राष्ट्रपतिबाट नियुक्त भएसँगै प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले  बधाई दिँदै मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु भन्ने सन्देश दिएका हुन् । 

भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन्, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु ।”

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ