arrow

मन्त्री राईले दिए राजीनामा

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ पुष ७ बिहिबार
ramkumar-rai-samsad-2079.jpg

मोरङ । प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । खोटाङ जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका उनले संघीय सांसदको शपथग्रहण गर्नुभन्दा एक दिन अगाडि नै राजीनामा दिएका हुन् ।

२०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए । राईले खोटाङबाट एमाले नेता विशाल भट्टराईलाई पराजित गरेका हुन् ।

भट्टराईले २८ हजार ६८२ मत ल्याउँदा राईले ३१ हजार ३५१ मत ल्याएर विजयी बनेका हुन् । उनले हिजो नै मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएको मन्त्री राईका स्वकीय सचिव जीवन राईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ