arrow

सरकारमा जान उपेन्द्र यादव प्रचण्डलाई फकाउँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्ता गठबन्धनबाट फुत्केर एमालेसँग चुनावी सहकार्य गर्न पुगेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन् । बिहीबार बिहानै उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

 ‘चुनावपछि दुई अध्यक्षबीच आज बिहान भेटघाट भएको हो’, प्रचण्डको सचिवालय स्रोतले भन्यो । उनीहरुबीच भएको भेटघाटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । ‘शक्ति सन्तुलन र सरकार गठनको विषयमा कुराकानी भयो जसपाले सरकारमा जाने इच्छा राखेको छ’, स्रोतले भन्यो ।

उपेन्द्र आफूले चुनाव हारे पनि आफ्नो पार्टी भने सत्तामा जाँदा शक्ति भइरहन पाइने आशा राखेका छन् । उम्मेदवारी घोषणाको केही दिनअघि मात्रै गठबन्धन छाडेर उपेन्द्रले एमालेसँग चुनावी तालमेल गरेका थिए । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते ७ दिनको समय दिएर सरकार गठन गर्न आह्वान गरिसकेकी छिन् । उनले प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन आह्वान गरिसकेको छ । 

उनले दिएको समय आइतबार बेलुकी ५ बजे सकिँदैछ । त्यसअघि नै सरकार गठनको प्रक्रिया बहुमत पुर्याएर दलहरु जानुपर्ने हुन्छ । सत्ता गठबन्धनमा को प्रधानमन्त्री बन्नेमा नेताहरुको आफ्नो आफ्नो अडानमा छन् । 

एमाले–माओवादीको पनि सरकार बन्ने विषयमा पनि भित्रभित्रै कुराकानी अघि बढिरहेको छ । तर उनीहरुले बाहिर खुलेर कुराकानी भएको छैन । 
सत्ता गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रले गठबन्धन छाडे नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति र प्रदेशका मुख्यमन्त्रीहरु गुमाउने भन्दै कांग्रेससँग माओवादीले बार्गेनिङ गरिरहेको छ । 

माओवादी केन्द्र बिना पनि कांग्रेसले प्रधानमन्त्रीका लागि प्रतिनिधि सभामा बहुमत पुर्याउन सक्ने अवस्था बनेपछि माओवादीले यस्तो बार्गेनिङ गरिरहेको छ । अहिलेको गठबन्धनबाटै सरकार बनाउने कसरत भइरहँदा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गरिरहेको छ ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट पहिलो दल बनेकाले दुवै पद आफूले पाउनुपर्ने कांग्रेसको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ