arrow

न्यौपाने ठीक नभएपछि कलवारबाट शपथ गराउने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
kalebar.jpg

धनुषा । नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने अस्वस्थ भएपछि मधेस प्रदेशमा नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउने भएका छन् । 

संसद् सचिवालयका सचिव रञ्जित यादवले ज्येष्ठताका आधारमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ गराउने कार्यक्रम तय भएको तर न्यौपाने अस्वस्थ रहेकाले कलवारले सांसदको शपथ गराउने तयारी भएको बताए ।

न्यौपानेको उमेर ७१ वर्ष छ भने शारदाशङ्करको उमेर ७० वर्ष रहेको छ ।

 ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको उनले बताए । 

सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् ।

सचिव रञ्जित यादवले न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रूपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको संसद् सचिवालयले स्पष्ट पारेको छ ।

यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भई सकेको छैन । सचिवालयले आगामी आइतबार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ