arrow

दश वर्षे छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

धनगढी । कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुबा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । 

हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए । बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ