arrow

गजल 

logo
अर्पणा पोखरेल,
प्रकाशित २०७९ पुष २ शनिबार
arpana-ghazal-1.jpg

काँडाबीच गुलाफ फुलाउन के गर्नुपर्छ ?
अनि उनीसँग म सुहाउन के गर्नुपर्छ ?

प्रेम नै नगरी प्रेमी भेट्टिने यो शहरमा, 
माया दिँदा माया पाउन के गर्नुपर्छ ?

हजारौं छन् मेरा बन्न चाहना गर्नेहरु,
आफ्नैलाई आफ्नो बनाउन के गर्नुपर्छ ?

मुस्कान र आँसु एकैसाथ दिई गए ।
अब उनको याद नआउन के गर्नुपर्छ ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ