- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी भएको छ । आगलागीबाट बर्दियामा ७३ वर्षीया वृद्धाको मृत्युसमेत भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बर्दिया बाँसगढी नगरपालिका जुरैनाकी ७३ वर्षीया महिलाको आगो ताप्ने क्रममा कपडामा सल्किएर ज्यान गएको हो ।
आगलागीबाट उदयपुर बेलका नगरपालिका झाखर टोलका एक पुरुष ग्वाली घरमा लागेको आगो निभाउँदा घाइते भएका छन् ।
यस्तै, सबै १४ आगलागीका घटनामा करिब साढे ३० लाख रुपैयाँको सम्पति क्षति भएको जनाइएको छ ।