arrow

चार युवतीले गरे पुरुषमाथि सामूहिक बलात्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
crime-final-everytime-use.jpg

काठमाडौं । भारतको जालन्धरमा चार जना युवतीले एक पुरुषमाथि सामूहिक बलात्कार गरेका छन् । पुरुषका अनुसार युवतीहरुले ती पुरुषलाई ठेगाना सोध्ने बहानामा रोकेर कारमा सामूहिक बलात्कार गरेका हुन् । 

ती मानिसको अनुहारमा स्प्रे छर्केर पिट्दै गाडीमा राखेर जबरजस्ती मदिरा खुवाएर नशाको हालतमा युवतीहरुले बलात्कार गरेका थिए । आरोपी युवतीहरु २० देखि ३० वर्षका हुन् । 

पीडित एक छाला कम्पनीका मजदूर हुन् । उनी बच्चाबच्चीका पिता हुन् । उनकी पत्नीले भनेपछि पुलिसमा कुनै उजुरी परेको थिएन । तर सामाजिक संजालमा यो खबर भाइरल भएको थियो । 

भारतको कानूनअनुसार यो घटना कुनै बलात्कारको घटना हैन । भारतीय अदालतले तेस्रो लिंगी र पुरुषलाई बचाउन पनि कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । 

भारतमा थुप्रै यस्ता घटना हुँदै आए पनि कानूनी अभावमा घटना दर्तासमेत हुने गरेका छैनन् । 

भारतमा महिलालाई न्याय दिनका लागि कानून बदलिएको थियो ।  एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ