कामचलाउ सरकारले खानेपानीको समस्या समाधानका लागि तत्काल आवश्यक निर्णय गर्ने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
1k
Shares
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्ने लगायतका माग राखेको छ ।
सो मागका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस सम्बन्धमा सरकारले तत्काल आवश्यक निर्णय गर्ने जानकारी गराए ।