बाजुरामा खसेको भन्दा बढी मतपत्र भेटिए, मतगणना रोकियो
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
1.5k
Shares
काठमाडौं । बाजुरामा खसेको भन्दा बढी मतपत्र फेला परेपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा ३० बढी मत फेला परेको हो।
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले फालिएको भन्दा ३० मत बढी भेटिएपछि मतगणना रोकिएका बताएका छन् ।
लेखिएको भन्दा ३० मत बढी फेला परेपछि त्यसबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले बताएका छन् ।