arrow

बालेनको राजीनामा माग्दै सुकुम्बासी बस्तीका बासिन्दा सडकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
sukumbasi-andolan-2079-08-13.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को राजीनामा माग्दै सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलित भएका छन् । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न महानगरपालिकाले सूचना दिएको र उक्त सूचनाको बेवास्ता गर्दैै स्थानीय बसिरहेपछि हिजो महानगरको टोली डोजरसहित गएको थियो । 

तर बस्तीमा पुग्दा सुकुम्बासी बस्तीका स्थानीयले घरेलु हतियारकोसमेत प्रयोग गर्दा १८ सुरक्षाकर्मी घाइते भएका थिए । सुकुम्बासी बस्तीका बासिन्दाले आज मेयर साहको राजीनामा माग्दै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

त्यस्तै उनीहरु माइतीघरमा अनसन बसेका छन् । उनीहरुले स्थायी बसोबास बिनाको जबरजस्ती उठिबास रोक्न पनि माग गरेका छन् । 

यसअघि पटक पटक अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको भए पनि उनीहरुले बेवास्ता गर्दै आएका छन् । 

उक्त सुकुम्बासी बस्तीमा करिब पाँच दर्जन जिल्लाबाट आएका झण्डै डेढ सय छाप्रा बनाएर बस्दै आइरहेका छन् । 

उनीहरुले मेयर बालेनमाथि ज्यानकाे धम्कीसमेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ