दोलखामा १५ गतेभित्र पुनः मतदान हुने, यी हुन् मतदान हुने १० केन्द्र
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
1.5k
Shares
काठमाडौं । दोलखामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो ।
आयोगले पुनः मतदानका लागि दोलखाका विभिन्न १० वटा मतदान केन्द्रसमेत सिफारिस गरेको छ । दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ स्थित वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ स्थित हेल्थ पोस्ट भवन क र ख, वडा नम्बर ३ स्थित कालीढुंगा मावि क, ख, ग मा मतदान हुने आयोगले जनाएको छ ।