सेनाको रोहबरमा मतगणना, प्रतिनिधि बिना नै थालियो विवादित मत गन्न
नारायण वली,
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
1.3k
Shares
तस्बिर – फाइल ।
बुटवल । विवादका बीच रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः शुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मत पुनः गणना गर्न शुरु भएको छ ।
मत गणना गर्दा नेपाली सेनाको रोहबरमा गरिएको छ । मतपेटिकामा मुचुल्कामा भन्दा बढी मतपत्र देखिएपछि नेपाली कांग्रेससहितका नौ दलले पुनः मतदान गर्न माग गरेका थिए । ८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको थियो ।
मतगणना अवरुद्ध हुनुअघि एमालेका उम्मेदवार विष्णु पौडेल एक हजार बढी मतले अग्रता लिँदा दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र तेस्रो स्थानमा सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा छन् ।
गणना स्थलमा नेकपा एमालेका प्रतिनिधि बाहेक अन्य दलका प्रतिनिधि रहेका छैनन् । जबरजस्ती मतगणना गर्न खोजिएपछि उनीहरु मतगणनामा सहभागी नभएका हुन् ।