arrow

महिला हिंसा अन्त्य दिवसमा कान्तिपुर सिटी कलेजले निकाल्यो प्रभातफेरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kantipur-city-college-voilence-against-women.jpg

काठमाडौं । पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले सचेतनामूलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ४३ औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसर पारेर कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका हुन् । 

प्रभातफेरी पुतलीसडक, न्यू प्लाजा, कालिकास्थान, डिल्लीबजार हुँदै पुनः कलेजमा आई विसर्जन भएको थियो । त्यसपछि आयोजित सभालाई सम्बोधन गर्दै एबीसी नेपालकी अध्यक्ष मिना खत्रीले विद्यार्थीलाई कक्षा कोठादेखि आफ्नो घर समाजमा महिला हिंसा हुन नदिई सभ्य नागरिकको भूमिका निभाउनको लागि जागरुक गराइन् । 

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख राजु कट्टेल, सहक्याम्पस प्रमुख ई. भानुभक्त निरौला र प्रशासन प्रमुख राजीव तिमल्सिनाले उक्त कार्यक्रममा महिला हिंसा रोक्नका लागि एकदिने सचेतना कार्यक्रम गरेर नपुग्ने भन्दै दैनिक जागरुक हुनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ