arrow

चुनाव जितेपछि सीके राउत पुगे खेत–खेतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
ck-raut-khetma.jpg

सप्तरी । तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत यतिखेर धन्यवाद दिन हिँडिरहेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई सप्तरी २ मा १८ हजार ६३ मतान्तरले पराजित गरेका राउत यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेततिर पुगिरहेका छन् । 

शान्ति प्रक्रियामा आएपछि मुख्यतः मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरेका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा पराजित यादवले १६ हजार ९७९ मतमा सीमित भएका थिए । राउतको विजयसँगै चौथोपटक निर्वाचित हुने यादवको उम्ममेदवारीमा धक्का लागेको छ ।  

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् । उनलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्ततः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि जनमत पार्टीका रूपमा राजनीतिक दल गठन गरेर तराई मधेस केन्द्रित आन्दोलन गरिरहेका राउतले पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए । 

जसअनुसार सप्तरी धनुषालगायतका स्थानिय तहमा पनि उनको पार्टी विजय भएको थियो । गत स्थानिय तहमा विजय हासिल गरेको जनमत पार्टी पहिलोपटक प्रतिनिधिसभामा प्रवेश गर्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ