arrow

एमालेका रानालाई ५३ सय मतले हराउँदै कांग्रेस वरिष्ठ नेता पौडेल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
ramchandra-poudel-NC.jpg

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएका हुन्। 

आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाएका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका छन् । 

यस क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार पाँच सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको छ भने चार हजार मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ