arrow

सीके राउतले उपेन्द्र यादवलाई १८ हजार मतको अन्तरले हराए  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
ck-raut-winner.jpg

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) फराकिलो अन्तरले विजयी भएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराउँदै संसदको टिकट काटेका हुन् । 

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मतमात्रै ल्याए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । 

यो हारसँगै उपेन्द्रको राजनीतिक करियरमा नराम्रो धक्का लागेको छ । जितसँगै राउतले प्रमाणपत्रसमेत लिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ