arrow

गाउँपालिका अध्यक्षमा हारेका सिंहलाई प्रदेश सभामा सफलता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
satish-kumar-singh.jpg

राजविराज । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी निर्वाचित भएका हुन् । जनमत पार्टीबाट उम्मेदवार भएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गरे । 

गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार सिंहलाई नेपाली कांग्रेसका अरुण मण्डलले पराजित गरेका थिए । गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी लोसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले आठ हजार दुई सय ९२ मत पाए । साह मधेस प्रदेश सरकारको अर्थमन्त्री थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ