राजेन्द्र बजगाई तेब्बर बढी मतले अग्रता लिँदै गोरखा १ मा अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
1.5k
Shares
गोरखा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले मतान्तरलाई निकै फराकिलो बनाएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी भन्दा तेब्बर बढी मत ल्याएका छन् । ४ हजार ६२४ मत गन्दा बजगाईले ३ हजार १६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतले जम्मा ९३६ मत मात्रै ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुवर्ण रोकाहाले १३७ मत ल्याएका छन् ।