arrow

रामचन्द्र पौडेलको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
tanahu-1.jpg

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन् । 

सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन् । नेकपा (एमाले)का एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले चार सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ