arrow

उपेन्द्र यादवलाई तेब्बर मतले पछि पार्दै सीके राउत अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-saptari-2.jpg

सप्तरी । सप्तरी २ को प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले फराकिलो अग्रता लिएका छन् । उनले यसअघिका विजेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भन्दा तेब्बर मतले अग्रता लिएका हुन् । 

सीकेले ३ हजार १६ मत पाउँदा उपेन्द्रले १ हजार १७० मत मात्र पाएका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ६६१ मत मात्रै पाएका छन् । 

त्यस्तै प्रदेशतर्फ सप्तरी २ क मा जनमतकै शतिषकुमार सिंहले ३ हजार ३८८ मतसहित अग्रता लिएका छन् । जसपाका शैलेन्द्रप्रसाद साहले १ हजार ५११ मत पाएका छन् । लोसपाका सरोजकुमार मण्डलले १ हजार १९८ मत पाएका छन् ।

सप्तरी – २ (ख) प्रदेश सभामा जनमतकै महेशकुमार यादवले २ हजार ५५८, जसपाका लक्ष्मण यादवले ९१६ तथा माओवादी केन्द्रका उमेशकुमार यादवले १ हजार १८० मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ