arrow

भोट हाल्न हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
death photo.jpg

मुगु । मुगुमा एक वृद्धको भोट हाल्न जादा भीरबाट लडेर मृत्यु भएको छ । 

जिल्लाको खत्याड गाउँपालिका ३ का ६७ वर्षीय जोखे परियारको खत्याड गाउँपालिका २ सेरी भन्ने स्थानमा भीरबाट लडेर मृत्यु भएको हो।

उनी सोही वडाका ६५ वर्षीय कल्से नेपालीसँग सदरमुकाम गमगढीको बागबजारमा बस्दै आएका थिए।

जोखेले कल्सेलाई डोराएर मतदान गर्न सदरमुकामबाट आफ्नो गाउँ लैजादै थिए। 

आफ्नो गाउँ पुग्न एक घण्टा बाँकी रहँदा शनिबार साँझ ६ बजे लडेर परियारको मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ