arrow

चार केन्द्रमा चिसोका कारण शुरू भएन मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
humla-simkot-show.jpg

हुम्ला । नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द्र र वडा-५ को मुचुमा चिसोका कारण मतदान  शुरूआत हुन सकेको छैन ।

अत्यधिक चिसोले नाम्खा-६ को तिल, जाङ, हलजी र वडा  नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

५९  मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान शुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सुुरू भइरहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ