निर्वाचनको जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन महानिरीक्षकको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
715
Shares
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
उनले निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन सचेत गराए ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचनका क्रममा महानिरीक्षक अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।