arrow

जनता राजनीतिक रुपमै बदलावको पक्षमा छन् – अजय द्ववेदी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
ajaya-dwibedi-parsa.jpg

वीरगञ्ज । ‘हामीहरुले नै दशी प्रमाणसहित पक्राउ गर्ने हो भने सरकारको तलब भत्ता खाएर बस्ने निर्वाचन आयोग र स्थानीय प्रशासनको काम के ?  मैले मेरो गाडीहरु चेक गर्नुस्,  मबाट शुरुआत गर्नुस्, त्यसैगरी अरु उम्मेदवारहरुको गाडी पनि चेक गर्नुस, नगद–नारायण सबै जफत गर्नुस् भनेको छु’, उम्मेदवार अजय द्विवेदीले भने ।

बिहीबार क्लासिक बैंकेटमा स्थानीय संचारकर्मीहरूको प्रश्नको जवाफ दिंदै अजय द्विवेदीले यस पटक पर्सा क्षेत्र नं १ का जनताले वार्ड वार्डमा आफैँले भेला गरेर आफूलाई निम्ता दिई हामी तपाईँको साथमा छौँ भनी भनिरहेकोले हौसिएको बताए ।

नेता द्विवेदीले जनताको लोकतन्त्रको लागि आफ्नो उम्मेदवारी भएको र सबै नागरिकले आफूलाई अजय द्विवेदी सम्झेर निर्वाचनरुपी यो संग्राममा भाग लिन अपिल गरेका छन् ।

पत्रकारको सवालको जवाफ दिँदै उम्मेदवार द्विवेदीले पर्साको क्षेत्र नं १ का जनता राजनीतिक रुपमै बदलावको पक्षमा रहेको दाबी गरे । पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि रहेको भन्दै नागरिकले यसपालि आफ्नो अभिमत निष्ठा र राजनीतिको जीतका लागि ब्यक्त गर्ने आफूमा विश्वस्त रहेको द्ववेदीले बताए ।

द्विवेदीले दल नदेखिने गुट देखिने गुट भित्र पनि यो वा त्यो देखिने, दल भित्र जनताको आवाज नबोलिने नदेखिने अहिलेको अवस्थामा स्वतन्त्र उम्मेदवार प्रति जनताको आकर्षण रहेको भन्दै दलहरुको लागि पनि आफ्नो उम्मेदवारी दवावपूर्ण हुने बताए ।

द्विवेदीले नागरिक अहिले राजनीतिमै बदलाब खोजिरहेको भन्दै जनता आफैं अगाडि बढेर आफनो राजनीतिको दिशा तय गर्नेमा आशावादी रहेको बताए । ‘जनताको अहिलेको मुड यह छ । कुनै पनि अवरोध र षडयन्त्रले नागरिकको यो भावमा परिर्वतन नआउने अवस्था देखिएको छ’, द्विवेदीले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ