arrow

नेपालले पाकिस्तानलाई हरायो, अञ्जनको निर्णायक गोल  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
nepal-pakistan-anjan-bista.jpg

काठमाडौं । नेपालले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको हो ।

नेपाललाई जित दिलाउन अञ्जन विष्टले निर्णायक गोल गरे । खेलको ८२ औं मिनेटमा अञ्जनले निर्णायक गोल गरेका हुन् । उनले अतिरिक्त खेलाडी सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरेका हुन् ।

अन्जनको यो ११ औं अन्तर्राष्ट्रिय गोल हो । अञ्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले मात्रै पछि रहेका छन् । अञ्जनले यही लयमा खेल्दै जाने हो भने हरि र निराजनको भन्दा धेरै बढी गोल गर्ने देखिन्छ । 

अञ्जनले दशरथ रंगशालामा दुई महिनाको अवधिमा चार गोल गरेका छन् । गत असोजमा उनले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए । 

यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औं खेल पूरा गरेको छ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले पहिलो औपचारिक खेल खेलेको हो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो ।   

यो खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ