arrow

जनताको अवस्था बदल्न मेरो उम्मेदवारी – मानबहादुर लिम्बू 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
manbahadur-limbu-morang-congress.jpg

मोरङ । मोरङ क्षेत्र नं ३ (क) प्रदेशसभा तर्फका उम्मेदवार मानबहादुर लिम्बू इमानदार नेताका परिचय हुन् । युवादेखि वृद्धसम्म सबैका प्रिय मानिने मानबहादुर यस पटक चुनावी दौडमा छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवार बनेका मानबहादुर समग्र प्रदेशको विकास निर्माणका लागि आवश्यक उम्मेदवार रहेको मोरङ ३ (क) का मतदाता बताउँछन् ।

‘राम्रो भिजन भएका र जनताकै सेवामा रमाउने कांग्रेस नेता मानबहादुर लिम्बू प्रदेश संसदका लागि आवश्यक व्यक्ति हुन्’, मोरङ भाउन्नेका मदन भण्डारी भन्छन् । 

मोरङको पथरीमा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै लिम्बूले भने, ‘संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्नेछु ।’

उनले जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै क्षेत्र नं ३ को विकासमा आफू लागि पर्ने प्रतिबद्धता जनाए । 

आफू यस पटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो । 

जनताको अवस्था बदल्नुपर्ने भएकोले जनताको अवस्था बदल्न आफ्नो उम्मेदवारी रहेको भन्दै लिम्बूले विकास र रोजगार सृजनामा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ