arrow

हुम्ला प्रदेश सभामा खरो प्रतिस्पर्धा: मुख्यमन्त्री शाहीको के छ अवस्था ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
humla-pradeshsva-humla-election.jpg

काठमाडौं । दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको हुम्लाका दुवै क्षेत्रमा बलियो प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र हुम्ला (क) मा चार उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ भने प्रदेशसभा (ख) मा मुख्यमन्त्री जीवनबहादुर शाही र एमालेका छक्कबहादुर लामाबीच रोचक प्रतिस्पर्धा हुने भएको हो ।
 

हुम्ला (क)

हुम्ला (क) मा नेकपा एमालेका दल फडेरा, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रन सिंह परियार चुनावी मैदानमा छन् ।

यसबाहेक नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाही र नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका मंगलबहादुर शाही स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

गठबन्धन दलहरु भित्रकै दुई र पूर्व कांग्रेस नेता मंगलबहादुर शाही स्वतन्त्र रुपमा गरी प्रमुख तीन प्रतिस्पर्धीहरुविरुद्ध नेकपा एमालेका दल फडेरा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै हुम्ला (क)बाटै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका छापे ए‍ेडी पनि चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धन दलभित्रकै बढी उम्मेदवारको प्रतिस्पर्धाले नेकपा एमालेका फडेरालाई फाइदा हुनसक्ने देखिएको छ ।

०७४ को निर्वाचनमा हुम्ला (क)मा वाम गठबन्धनका लागि एमालेका दल रावल ७ हजार १ सय ५८ मतसहित विजयी भएका थिए भने, कांग्रेसका ठान बहादुर रोकाया   ४ हजार ८ सय ११ मत ल्याएका थिए ।

हुम्ला(ख)
हुम्ला(ख) मा गठबन्धनका साझा उम्मेदवार एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेकपा एमालेका छक्कबहादुर लामासँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । 

थप तीन जना पनि चुनावी प्रतिस्पर्धामा रहे पनि गठबन्धनका लागि कांग्रेसका जीवनबहादुर शाही र एमालेका छक्कबहादुर लामाबीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । गत कात्तिक १५ गते उनले कर्णालीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०७४ मा कांग्रेसबाट प्रदेशभरिको एक्लो प्रत्यक्ष निर्वाचित उम्मेदवार शाही फेरि कर्णालीको मुख्यमन्त्री हुने लक्ष्यका साथ चुनावी मैदानमा रहेका छन्।

यद्यपि, यसपटक उनलाई ०७४ को जस्तो चुनाव जित्न सजिलो भने छैन् । 

किनकी उनका शाहीका प्रमुख प्रतिद्धन्द्धी छक्कबहादुर ०७४ को प्रतिनिधिसभा (संसदीय) निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै ४७ मतान्तरले विजयी भएका सांसद हुन् ।

यसपटक उनी एमालेबाट त्यो पनि प्रदेशसभा सदस्यका लागि उठ्दा छक्कबहादुरको जितको सम्भावना पनि उत्तिकै बलियो रहेको छ ।

०७४ को निर्वाचनमा यी नै शाहीले हुम्ला (ख)मा ४ हजार ५ सय १९ मत ल्याएर जितेका थिए भने, वाम गठबन्धनका माओवादी केन्द्रका विजय भण्डारीले ३ हजार ९ सय ९५ मत ल्याएका थिए ।    

यसपटक माओवादीको साथ मिल्दा जीवनबहादुर शाहीलाई चुनाव जित्न सहज हुने देखिए पनि एमालेको सांगठनिक मत र छक्कबहादुरको व्यक्तिगत प्रभावविरुद्ध शाहीलाई केही चुनौती भने हुनेछ । यद्यपि, कांग्रेसका उम्मेदवार शाही आफु पनि बलियो व्यक्तिगत प्रभाव रहेकै व्यक्ति हुँदा हुम्ला(ख)को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ