arrow

जाजरकोटकाे प्रदेश सभामा कांग्रेसका राजिव र वेदराज बलियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
jajarkot-pradesh-election.jpg

काठमाडौं। जाजरकोटमा प्रदेश सभा सदस्यका लागि दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बलिया देखिएका छन् । अहिले जाजरकोट प्रदेशसभा (क) मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट डम्मरबहादुर सिंह उम्मेदवार रहेका छन् ।

यस्तै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसबाट राजिवविक्रम शाह चुनावी मैदानमा छन् भने नेकपा एमालेबाट खिमबहादुर शाही प्रतिस्पर्धामा छन् ।

०७४ को निर्वाचनमा वाम गठबन्धन रहँदा यी दुवै क्षेत्रमा एमाले र माओवादीले एक–एक उम्मेदवार उठाएका थिए ।

जसअनुसार जाजरकोट प्रदेशसभा (क) माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार नौ सय ११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार आठ सय ७८ मत पाएका थिए ।

यस्तै प्रदेशसभा (ख) मा एमालेका करवीर शाही १५ हजार एक सय ८५ मतसहित विजयी भएका थिए भने कांग्रेसका दिपकजंग शाहले १० हजार तीन सय ६० मत पाएका थिए । 

यसपटक अहिलेको गठबन्धन बलियो 

०७४ मा वाम गठबन्धन बलियो भएझैं अहिले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई दुवै क्षेत्रमा जितका लागि सहज छ । २०७९ को स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने, जाजरकोट (क)मा गठबन्धनसँग करिब २२ हजार मत छ भने, एमालेसँग करिब १४ हजार मत रहेको छ । 

यसो हुँदा यो क्षेत्रमा कांग्रेसका वेदराज सिंहलाई जित्न सहज हुनेछ भने एमालेका डम्मरबहादुर सिंहलाई चुनौती रहेको छ ।

यस्तै प्रदेशसभा (ख)मा स्थानीय तहको मत परिणाम हेर्दा गठबन्धनसँग करिब १८ हजार मत छ भने, एमालेसँग भने करिब १२ हजार मत छ ।

यसरी जाजरकोट (ख)मा कांग्रेसका राजिव विक्रम शाहलाई  जितका लागि सहज स्थिती छ भने, एमालेका खिमबहादुर शाहीलाई चुनौती रहेको छ ।

प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री शक्तिबहादुर बस्नेत उठेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ