arrow

पर्यटनको नयाँ गन्तव्य गोर्खाको भच्चेक (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
bhachchek-gorkha-nepal-2079.jpg

काठमाडौँ। काठमाडौँ  सहरबाट करिब १६३ किलोमिटरको दुरीमा रहेको अजिरकोट गाउँपालिकाको भच्चेक बजार कोलाहल वातावरणबाट मुक्त हुन र रिफेस्मेन्टका लागि नयाँ गन्तव्य बन्दै गएको छ। सामुद्रिक सतहबाट १७५० मिटर उचाइमा रहेको सो ठाँउको चिसो हावापानी वरिपरि देखिने हिमाल ले जो कोहीलाई पनि आनन्दित  बनाउँछ।

पक्की सडक सञ्जालले जोडिएको सो क्षेत्रमा हिजो आज आन्तरिक पर्यटकहरू बासै बस्ने गरी घुम्न आउने गर्दछन्। गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडी देखि पनि सहजै भच्चेक पुग्न सकिन्छ।

बाह्रकिलोबाट करिब ४५ किलोमिटरको दूरी पार गरे पछि भच्चेक पुगिन्छ। पालुङटार नगरपालिका हुँदै पनि कालोपत्रे सडक भएर भच्चेक पुग्न सकिन्छ। उच्च पहाडी भेग र त्यहाँसम्म पुग्ने सडक कालोपत्रे भएका कारणले पनि आन्तरिक पर्यटकको रोजाइमा भच्चेक परेको छ।

भच्चेकबाट गोरखा र लमजुङका बेसी समथर फाँट पनि देखिन्छ। उच्च पहाडी भेग भएकाले त्यहाँको हावापानी चिसो छ। सफा मौसम भएका बेला हिलचुलि बौद्ध, गणेश,र अन्नपूर्ण जस्ता थुप्रै हिलाम पनि नजिकै देखिन्छ।

वरिपरि  गुरुङ, तामाङ, ब्रामण र क्षेत्री गाउँ रहेको सो क्षेत्रमा विभिन्न जातिका विभिन्न जातीय संस्कार तथा संस्कृति अवलोकन पनि गर्न सकिन्छ। भच्चेक बजारबाट केवल १५ मिनेटको दुरीमा रहेको नम्की गाउँमा पर्यटकहरूका लागि घर बासको समेत व्यवस्था भएको गाउँ हो। विशेष त बाक्लो  तामाङ समुदाय रहेको सो गाउँमा स्थानीय खानाको व्यवस्था, पर्यटकहरूको मनोरञ्जनका लागि नाचगान समेत हुने गर्दछ।

अजिरकोट गाउँपालिकामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा होमस्टे पनि सञ्चालनमा छ। १० घरधुरीमा २० देखि ४० जनासम्म पाहुना राख्ने गरी होमस्टे सञ्चालन पनि गरिएको छ।

यस्तै भच्चेक क्षेत्रबाट ऐतिहासिक चेपे नदी, धार्मिक पर्यटकीय क्षेत्रको रूपमा परिचित दूध पोखरी, नागे पोखरी र निम्चे पोखरीको पैदल यात्रा समेत गर्न सकिन्छ।

Bhachchek Gorkha- Nepal Photo Library (2).jpg
Bhachchek Gorkha- Nepal Photo Library (3).jpg
Bhachchek Gorkha- Nepal Photo Library (4).jpg
Bhachchek Gorkha- Nepal Photo Library (5).jpg
Bhachchek Gorkha- Nepal Photo Library (6).jpg
Bhachchek Gorkha- Nepal Photo Library (7).jpg
Bhachchek Gorkha- Nepal Photo Library (8).jpg
Bhachchek Gorkha- Nepal Photo Library (9).jpg
Bhachchek Gorkha- Nepal Photo Library (10).jpg
Bhachchek Gorkha- Nepal Photo Library (11).jpg
Bhachchek Gorkha- Nepal Photo Library (12).jpg
Bhachchek Gorkha- Nepal Photo Library (13).jpg
Bhachchek Gorkha- Nepal Photo Library (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ