arrow

उपप्रधानमन्त्रीबाट घटुवा गरेका ओलीसँग टाँसिदा पनि उपेन्द्रको पार लाग्ने सम्भावना कम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

सप्तरी । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीबाट मन्त्रीमा घटुवा भएका उपेन्द्र यादव  सरकार बनाउने बेला शेरबहादुर देउवासँग टाँसिएका थिए । अहिले उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँगै चुनावी तालमेल गर्न पुगे पनि उनलाई  सप्तरी– २ मधेश त्यति सहज देखिएको छैन । 

जसपा अध्यक्ष यादव लडेको निर्वाचन क्षेत्र सप्तरी– २ मधेश प्रदेशकै हट निर्वाचन क्षेत्र मध्येको एक भएकाले त्यहाँ सर्वत्र चासोको विषय बनेको छ ।

पृथकतावादी राजनीति त्यागेर मूलधारको राजनीतिमा आएका डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर पनि यही क्षेत्रमा उम्मेदवार छन् । उपेन्द्र, सीके र जेपीबीच यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाको आँकलन गरिएको छ । 

सत्ता गठबन्धनका तर्फबाट लोसपाका ठाकुर साझा उम्मेदवार छन् । ठाकुरलाई सत्ता गठबन्धनले साझा उम्मेदवार घोषणा गरेपछि यादवलाई झन अप्ठेरो परेको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा माओवादीका उमेशकुमार यादवलाई पराजित गरेर यादव विजयी भएका थिए ।

स्थानीय तहको वडाहतको मतका आधारमा जसपा अगाडि छ । तर दोस्रो, तेस्रो र चौथो दल एक ठाउँमा उभिँदा उपेन्द्रलाई अप्ठेरो पर्ने अवस्था देखिएको छ । 

स्थानीय तह निर्वाचनमा सप्तरी– २ मा जसपाले १४ हजार ४०३, नेपाली कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५ र माओवादीले ९ हजार ५३४ मत पाएका थिए । 

साथै, नेकपा एमालेले ५ हजार ९५१, जनमत पार्टीले ४ हजार ५४२, नेकपा एसले २ हजार ४०८ मत प्राप्त गरेका छन् । 

स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपनि अध्यक्ष सीके राउतले उपेन्द्रले जितेको क्षेत्र नै रोजेका छन् । 

सीकेको जन्मथलो पनि यही क्षेत्रमा पर्छ । उपेन्द्रले निर्वाचन क्षेत्र फेरिराख्ने भएपनि आफू जन्मथलो नछाड्ने सीकेले बताएका छन् । २०६४ सालको संविधानसभादेखि लगातार चुनाव जित्दै आएका उपेन्द्रको अग्निपरीक्षाका कारण सप्तरी– २ चर्चाको शिखरमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ