arrow

छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
Chhimkeswori-tanahu.jpg

तनहुँ । आँबुखैरेनी गाउँपालिका-५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् । 

गण्डकी प्रदेशको ४७ करोड, सङ्घीय सरकारको समपुरक रु छ करोड र आँबुखैरेनी गाउँपालिकाको रु एक करोड गरी रु ५४ करोड लगानी हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्ग कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवा पाएको छ ।

छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । यहाँबाट हिमशृंखला, हरियाली डाँडाकाँडा तथा समथर फाँट सजिलै देख्न सकिन्छ ।

जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको अध्यक्ष चुमानले बताए । 

आँबुखैरेनी-३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्म करिब १६ किलोमिटरमध्ये रु ५० लाखको लागतमा तीन किमी सडक स्तरोन्नति गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ