arrow

मल कारखानाबारे गोकुल बाँस्कोटाको राजनीति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
Gokul-baskota-1.jpg
तस्बिर – फाइल ।

धुलिखेल । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले रासायनिक मल कारखाना खोल्नेबारे तथ्यहीन प्रचार गरेको पाइएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर ६ मा आयोजित चुनावी कार्यक्रममा बाँस्कोटाले मल कारखाना राख्नेबारे दिएको अभिब्यक्ति सरासर झुट भएको प्रमाणित भएको हो । 

बास्कोटाले आफू जोगिन अरुलाई कतिसम्मको झुटको प्रचार गर्छन् भन्ने कुरा उनको अभिब्यक्तिबाट प्रष्ट हुन्छ । अरुले गरेको काम नै होइन भन्ने सोचाईबाट पनि बाँस्कोटा ग्रस्त भएको पाइएको छ । बाँस्कोटाले भनेका थिए,  ‘केपी ओली प्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री र मसमेत मन्त्री रहँदा हामीले नेपालमै एउटा कृषि मल कारखाना खोल्नुपर्छ, जहिल्यै किसानलाई मल चाहिन्छ भनेर अध्ययन गर्न १० अर्ब प्रबन्ध गरेका थियौँ । सम्भाब्यता अध्ययन गर्ने । जमीनको प्रबन्ध गर्ने, त्यसको लागि झण्डै १२ सय मेगावाट बिजुली खर्च हुन्छ । आकाशको नाइट्रोजन सोसेर मल बनाउने हो । आज १८ महिना भयो । त्यो मल कारखाना स्थापनाका लागि अहिले बनेको सरकारले यहाँको सिन्को, त्यहाँ पनि सारेको छैन ।’

बाँस्कोटालाई पहिलो उदाहरणः बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईको पहलमा काठमाडौं विश्वविद्यालयले बागमती प्रदेशमा मल कारखाना खोल्ने विषयमा अध्ययन गरिरहेको छ । मन्त्रालय र केयूबीच २०७९ साल असार ८ गते एक वर्षभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी सम्झौता भएको छ । केयूको ग्रिन हाइड्रोजन ल्याब विभागले सम्भाब्यता अध्ययन गरिरहेको छ । 

अध्ययनका लागि मन्त्रालयले ५० लाख रुपैयाँ केयूलाई उपलब्ध गराउने छ । अध्ययन लगभग अन्तिम चरणमा पुगेको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर प्रा.डा.विराज सिंह थापाले बताए । वार्षिक २ लाख मेक्ट्रिक टन रासायनिक मल उत्पादन गर्न लाग्ने लागत, ठाउँ र प्रविधिबारे अध्ययन गरेर केयूले मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।

अहिले जसरी राजनीतिक दलहरुलाई चुनावी चटारो छ काभ्रे जिल्लाको अन्न भण्डारका रुपमा रहेको पाँचखाल, मण्डनदेउपुर, पनौती, नाला, र बनेपा क्षेत्रका किसान त्यो भन्दा बढी धान थन्क्याएर आलु र अन्य तरकारी खेती लगाउन ब्यस्त छन् । 

तर मलको चरम हाहाकार छ । भोट माग्न जाने सबै जसो उम्मेदवारलाई किसानले पहिलो प्रश्न सोध्छन् मल खै ? मतदाता  ‘पहिला मल देउ, अनि मत दिन्छौँ’ भनिरहेका हुन्छन् । मलको सबैभन्दा पहिलो तारो गठबन्धनका उम्मेदवार परेका छन् । किनभने सरकार गठबन्धनले नै चलेको छ । 

किसानको माग नाजायज होइन । पैसा तितेर किन्छु भन्दा पनि मल सहजै पाइएको छैन । आलुको बिउ बिग्रिएला भन्ने चिन्ता छ । तर मत माग्न पाँच खाल झरेका गोकुल बाँस्कोटाले किसानको यही चिन्तामा चरम राजनीति गरिरहेका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवारसँग मल माग्न र मल नदिने गठबन्धनका उम्मेदवारलाई मत नदिन अपील गरिरहेका छन् । 

बाँस्कोटालाई दोस्रो उदाहरणः आर्थिक वर्ष २०७९–०८० को बजेटमार्फत सरकारले ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत कार्य अगाडि बढाइने स्पष्टसँग लेखेको छ  । 

अहिले काठमाडौं विश्वविद्यालयले प्रदेश सकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँगको सहकार्यमा पनि ग्रिन हाइड्रोजन विधिबाटै मल कारखाना खोल्नेबारे अध्ययन गरिरहेको छ । 

मल कारखाना खोल्नेबारे गठबन्धनकै सरकार आएपछि उर्जा, उद्योग, कृषि तथा अर्थ मन्त्री, सचिव, कार्यकारी निर्देशक लगायतले विज्ञहरुसँग पटक पटक छलफल र बहस गरेका छन् ।  

त्यसो त बाँस्कोटालाई मल कारखानाको सम्भाब्यता अध्ययन गर्न विनियोजन गरेको १० अर्बले के काम भयो भनेर मतदाताले सोधिरहेका छन् । जबकि प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले थालेको २ लाख मेक्ट्रिक टन बराबको मल कारखाना स्थापनाका लागि ७० अर्ब लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । 

२ लाख मेक्ट्रिकटन क्षमताको मल कारखाना स्थापना गर्ने हो भने सिँगो बागमती प्रदेशभित्रका १३ वटा जिल्लाका किसानलाई पर्याप्त भएर अन्य केही प्रदेशका किसानलाईसमेत बिक्री गर्न पुग्छ ।



नयाँ