arrow

बलात्कार आरोपी शिवराज र निहारिका राजपुतका छोराको डीएनए मिल्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
niharika-rajput.jpg
तस्बिर – फाइल ।

काठमाडौं । ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ । 

डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो । 

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ