चुनावी आमसभा सम्बोधनका लागि दार्चुला पुगे एमाले अध्यक्ष ओली
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
1.7k
Shares
काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली शुक्रबार चुनावी आमसभाको सम्बोधनका लागि दार्चुला पुगेका छन् । एमालेले यसअघि नै कार्तिक १८ गते दार्चुला जिल्लाबाटै चुनावी आमसभाको सुरुवात गर्ने घोषणा गरेको थियो ।
खलंगा खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधनका लागि ओली धनगढीबाट हेलिकप्टरमार्फत दार्चुला पुगेका हुन् ।
मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने उद्धेश्यका साथ एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गरेको हो ।
ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।