पाकिस्तानविरुद्ध खेल्ने ३० फुटबल खेलाडीहरु प्रारम्भिक प्रशिक्षणमा
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
1.7k
Shares
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका छन् ।
१६ नोभेम्बरमा दशरथ रंगशालामा हुने खेलका लागि मंगलबार प्रशिक्षक नियुक्त भएका कटुवालले कप्तान किरण चेम्जोङसहित ३० खेलाडी समावेश गरेका छन् ।
लामो समय फिफाको प्रतिबन्धमा रहेको पाकिस्तानले नेपाल विरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ ।
त्यसका लागि नेपालले खुला छनोटबाट टिम तयार गरेर बन्द प्रशिक्षण गर्दैछ ।